×

Dabur

पठनपाठन नरोक्न निर्देशन दिँदै नाम्खाले भन्यो–विद्यार्थीको नैसर्गिक अधिकारलाई ध्यानमा राख्नू

हुम्ला | असोज ३, २०८०

NTC
Premier Steels
Marvel

​हुम्लाको नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ ।

yONNEX
Sagarmatha Cement

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय बन्द गरेर विरोधमा उत्रिएपछि गाउँपालिकाले यस्तो निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन पालिका मातहतका मावि, निमावि र आधारभूत विद्यालयलाई निर्देशन दिएको हो ।


Advertisment

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा र वृत्तिविकास लगायतका हकहितका विभिन्न महत्वपूर्ण विषयमा भएको अस्पष्टताविरुद्ध देशभरका विद्यालय बन्द गर्नाका साथै शिक्षक आन्दोलनमा उत्रिने जानकारी प्राप्त भए पनि विद्यालय बन्द नगर्न गाउँपालिकाले भनेको छ । 
   
शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि स–साना बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठनको कार्यलाई गम्भीरतापूर्वक लिन गाउँपालिकाले आग्रह गरेको छ । 

Vianet communication
Laxmi Bank

शिक्षकहरूको माग र मुद्दाका विषयमा केन्द्रमा छलफल भइरहेकाले बालबालिकाको पठनपाठनमा बाधा वा असर नपर्ने गरी विद्यालय नियमित गर्न गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
    
शिक्षा विधेयकको समस्या देशभरको भए पनि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन् । 

सोही गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा नियमित पठनपाठन जारी भइरहेको जनाइएको छ ।

null

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

हेराल्ड कलेज काठमाडौंले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । होटल याक एण्ड यतीमा सोमवार भएको समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये २७२ जना बीएस्सी ...

कात्तिक १७, २०८०

नेपाल–भारत महिलामैत्री समाजको पहलमा ४४ जना नेपाली विद्यार्थीले भारतमा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । समाजले शुक्रवार राजधानी काठमाडौंमा विशेष कार्यक्रम गरी भारतका २ शैक्षिक ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर १२, २०८०

अब कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले पनि स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन् ।   मंगलवार बसेको त्रिवि नेपाली विषय स्थायी समित...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक २२, २०८०

विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा बुधवार भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मैनेजमेन्ट विषयमा दी...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x