२३ असार २०८३, मंगलबार

चार्ल्स तृतीय राजाको रूपमा पहिलो पटक फ्रान्स भ्रमणमा

असोज ३, २०८०
काठमाडौं
चार्ल्स तृतीय राजाको रूपमा पहिलो पटक फ्रान्स भ्रमणमा

फ्रान्सका राजा चाल्र्स तृतीयले बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमण सुरु गरेका छन् । यूरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि राजनीतिक तनावका बावजुद क्रस च्यानल गठबन्धनका आधारभूत पक्षहरू बलियो रहेको देखाउने उद्देश्यका साथ पुनः निर्धारित भ्रमण हो ।

चाल्र्सले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको निधनमा राजा बनेपछि चाल्र्सको पहिलो विदेश भ्रमण हुने अनुमान गरिएको थियो । 
तर पेन्सन सुधारको विरोधमा फ्रान्समा व्यापक दङ्गा र हडतालका कारण यसलाई स्थगित गरिएको थियो ।

सन् १७८९ को क्रान्तिमा राजतन्त्रको अन्त्य गरी राजालाई मृत्युदण्ड दिएको देशमा राजधानी पेरिस र दक्षिणपश्चिमी शहर बोर्डोको मूल यात्रा कार्यक्रम धेरै हदसम्म परिवर्तन भएको छैन ।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजा चाल्र्स र उनकी पत्नी (रानी) क्यामिलालाई पेरिसको ओर्ली विमानस्थलमा स्वागत गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्