
धनुषा, ४ असोज - धनुषाको सबैला नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी नेता मातृका यादवको ठाउँ समेत रहेको सो नगरपालिकामा माओवादीले नै सुरुवाती अग्रता कायम गरेको छ ।
माओवादीका मेयर पदका उम्मेदवार तेजनारायण यादवले १४ सय ३४ मत ल्याएका छन् । एमालेका राजकिशोर यादवले ७ सय ७६ मत ल्याएका छन् । कांग्रेसका विजय शंकर प्रसाद यादवले ७ सय ६० मत ल्याएका छन् । राप्रपा चौथो स्थानमा छ भने राजपा पाँचौ स्थानमा छ ।
उप मेयरमा माओवादीकी निलुदेवी यादवले १०३० मत ल्याएकी छन् । एमालेकी इन्दुदेवी यादवले एक हजार ३१ मत ल्याएकी छन् । कांग्रेसकी बबितादेवी यादवले ६ सय २३ मत ल्याएकी छन् । राप्रपा चौथो र राजपा पाँचौ स्थानमा छन् ।
वडाअध्यक्षमा माओवादी केन्द्रका ३ जना उम्मेदवार चुनाव जितेका छन् । वडा नम्बर एक, दुई र तीनमा क्रमश कपिल राउत, पारश साह र सन्तोष साहले चुनाव जितेका हुन् ।