१४ असार २०८३, आइतबार

बाँके जिल्ला कारागार जीर्ण : ३५० जना अट्ने क्षमता, ९४६ कैदीबन्दी

असोज ४, २०८०
बाँके
बाँके जिल्ला कारागार जीर्ण : ३५० जना अट्ने क्षमता, ९४६ कैदीबन्दी

नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए । 

'कारागारको संरचना जीर्ण छन् । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पूराना भइसकेका छन्,' उनले भने, 'जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षाको जोखिम बढेको छ ।'
 
नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित  कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ढल निकासको व्यवस्था नभएकोले कारागार वरिपरिको वातावरण दुर्गन्धित छ । 

तीन सय ५० जना अट्ने क्षमता भए पनि हाल नौ सय ४६ कैदीबन्दी रहेको जेलर शाहले बताए । संविधान दिवसका अवसरमा बुधबार बाँके कारागारबाट १६ कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब नौ सय ३० कैदीबन्दी कारागारमा छन् । 
संविधान दिवसका अवसरमा जिल्ला कारागार बाँकेमा रहेका १६ पुरुष कैदी र जयन्दु बालसुधार गृहमा रहेका सात नाबालकको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिए ।

कैद मिनाहा भएका कैदी चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उनले बताए । मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, र ज्येष्ठ नागरिक कैदीबन्दीका कारण नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी सङ्ख्यामा राख्नुपर्ने बाध्यता रहेको जेलर शाहको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्