
आगामी मंसिर १३ देखि १५ गतेसम्म बस्ने महासमितिको बैठकको विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक शुरू भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बैठक शुरू भएको हो ।
बैठकले महासमिति बैठकका एजेण्डा तय गर्ने र समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।
आजको बैठक पनि प्रत्यक्ष प्रसारण भइरहेको छ ।
बैठकमा पार्टीका गतिविधिबारे महामन्त्री गगन थापाले जानकारी गराइरहेका छन् ।