एनसेलले आफ्नो १८औं बार्षिकोत्सवका अवसरमा ललितपुरको बागमती किनारमा बृक्षारोपण गरेको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा उसले बिहीवार २०० बिरुवा रोपेको हो ।
ललितपुर महानगरपालिका प्रमुख (मेयर) चिरिबाबु महर्जन र एनसेलका प्रबन्ध निर्देशक (एमडी) तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले संयुक्त रुपमा बृक्षारोपण गरेका थिए ।
त्यस अवसरमा एनसेलका प्रबन्ध निर्देशक कायुमोभले घर, परिवार र रुख तीनवटै कुरा उत्तिकै महत्वपूर्ण भएकाले एनसेलले बृक्षारोपणलाई महत्व दिएको बताए ।
उक्त कार्यक्रममा ललितपुर महानगरका प्रमुख महर्जनले आउने दिनमा एनसेलसँग अझ धेरै यस्तै खालका सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ललितपुर महानगर वडा नम्बर १ का वडा सदस्य र इन्जिनियरको समेत उपस्थिति थियो ।
कार्यक्रम वडा नम्बर १ कार्यालयको अगाडि बागमती किनार सडकको दायाँबायाँ करिब २०० बिरुवा रोपेर समापन भएको थियो । उक्त स्थानमा जाराकाण्डाका बिरुवा रोपिएका हुन् ।