२३ असार २०८३, मंगलबार

कोशीमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन : प्रवक्ता मेन्याङ्बो

असोज ४, २०८०
खोटाङ
कोशीमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन : प्रवक्ता मेन्याङ्बो

कोशी प्रदेशका खानेपानी, सिचाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास थालिएको बताए । 

“जनताले सबै दल मिलेर सरकार बनाऊ भन्ने सन्देशसहित जनमत दिएका छन् । कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन”, प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री मेन्याङ्बोले भने ।

उनले प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै वितृष्णा सिर्जना हुने अवस्था आएको समेत बताए । ​

अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि नभएको उनको भनाइ छ । निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतिको विकल्प नभएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्