१४ असार २०८३, आइतबार

शिक्षकले फूलका बोट माडेपछि देवकोटाको कविता सम्झिँदै बालेन– नचुड्नु पाप लाग्दछ

असोज ४, २०८०
काठमाडौं
शिक्षकले फूलका बोट माडेपछि देवकोटाको कविता सम्झिँदै बालेन– नचुड्नु पाप लाग्दछ

सरकारले ल्याएको शिक्षा विधेयकमाथि गम्भीर आपत्ति जनाउँदै यतिबेला नेपाल शिक्षक महासंघ राजधानीकेन्द्रित आन्दोलनमा छ । महासंघको आह्वानमा सरकारी शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीवार मध्यान्ह माइतीघर मण्डलामा भेला भएर शिक्षकहरूले नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन् । सो क्रममा सडक किनारामा रोपिएका रुख, फूलका बोट र दुबोको बेहाल भएको छ । कतिपय ठाउँमा रुखका हाँगा भाँचिएका छन् भने फूल र दुबो सखाप भएको छ ।

यसलाई लिएर काठमाडौं महानरपालिकाका प्रमुख (मेयर) बालेन शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘नटिप्नु हेर कोपिला’को केही अंश सामाजिक सञ्जालमा राखेर व्यंग्य गरेका छन् ।

‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ,’ तस्वीर शेयर गर्दै  उनले लेखेका छन् ।

शिक्षकले पढाइ नै ठप्प गरेर आन्दोलन गरेको भन्दै यसअघि मेयर बालेनले काठमाडौं महानगर क्षेत्रभित्रका शिक्षकलाई कारबाही गर्ने भन्दै बुधवार विज्ञप्ति नै निकालेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्