
डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीहरूको संगठन (सीमइयो) ले ‘सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ ।
ह्वावेको पहलमा एसिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एसिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरूले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा भाग लिएका छन् ।
नेपालका चार विजेताहरू कुल १९ देशहरूबाट ९१ सहभागीसँग ‘सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन् ।
यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्व–स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ ।