
बाँकेमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।