
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरिएको छ ।
ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले संयुक्त रुपमा भिसा डेबिट कार्ड सार्वजनिक गरेका हुन् ।
को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौं उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउण्टरहरू (एयरपोर्ट, सिनामंगल र जावलाखेल)बाट हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
यसका साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लैजान सक्नेछन् ।
एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यास ब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता रहेको बैंकले जनाएको छ ।
नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १४६ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।