
सर्लाही, ४ असोज– पूर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको हरिवन नगरपालिकामा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार कमल बुढाथोकीले १ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् । एमालेका मेयरका उम्मेदवार गणेश प्रसाईले १ हजार ८ सय १७ मत प्राप्त गरेका छन् ।
दुई उम्मेदवारको मतअन्तर ४९ छ । कांगे्रसका दिलिपराज भण्डारीले १ हजार १ सय २ मत प्राप्त गरेका छन् ।
हरिवनको वडा नम्वर १, २ र ४ मा एमाले बिजयी भएको छ ।