२५ जेठ २०८३, सोमबार

नेपाल पाकिस्तानसँग झिनो अन्तरले पराजित

असोज ४, २०८०
काठमाडौं
नेपाल पाकिस्तानसँग झिनो अन्तरले पराजित

साफ यू–१९ साफ च्याम्पियनसिप फूटबलमा नेपाल पाकिस्तानसँग झिनो अन्तरले पराजित भएको छ ।  

आज काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग १–० को गोल अन्तरले पराजित भएको हो । 

पाकिस्तानका लागि ७६ औं मिनेटमा अलि जफरले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।  

नेपालले प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोरेको हो । नेपालले दोस्रो खेल अब माल्दिभ्ससँग खेल्नेछ ।

पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्