२३ जेठ २०८३, शनिबार
बाल सुधार गृहमा विवाद

बाँकेको बाल सुधार गृहमा दुई समूहबीच झडप: एकको मृत्यु, १० घाइते

असोज ५, २०८०
काठमाडौं
बाँकेको बाल सुधार गृहमा दुई समूहबीच झडप: एकको मृत्यु, १० घाइते

बाँकेको डुडुवा गाउँपालिका-६ स्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको झडपमा एक जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले लोकान्तरलाई जानकारी दिए । 

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

झडपमा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको उनको भनाइ छ । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्