२८ जेठ २०८३, बिहीबार

१७ वर्षदेखि सम्पर्कमा छैनन् कमाउन भारत गएका कैलालीका सिंह, खोजी गरिदिन परिवारको आग्रह

असोज ५, २०८०
काठमाडौं
१७ वर्षदेखि सम्पर्कमा छैनन् कमाउन भारत गएका कैलालीका सिंह, खोजी गरिदिन परिवारको आग्रह

रोजगारीका लागि भारत गएका कैलालीका एक जना १७ वर्षदेखि बेपत्ता भएका छन् । जिल्लाको चुरे गाउँपालिका-६ ओखलढुंगाका वीरबहादुर सिंह १७ वर्षदेखि घरपरिवारको सम्पर्कमा आएका छैनन् । 

कमाउन परदेश गएका सिंह वर्षौंदेखि सम्पर्कमा नआएपछि परिवारजनले उनको खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

२०६३ सालमा सिंह रोजगारीका लागि भारतको मुम्बई गएका थिए । ‘मुम्बईमा केही वर्ष बसेर कालापहाड भन्ने ठाउँमा गएको खबर पाएका थियौँ । तर उहाँ अहिलेसम्म पनि परिवारको सम्पर्कमा आउनुभएको छैन’, सिंहका भाञ्जा प्रेम देउवाले भने । 

उनले सिंहका बारेमा कुनै जानकारी भए खबर गरिदिन आग्रह गरे । ‘कोही कसैले कतै देख्नुभयो भने नजिकैको प्रहरी कार्यालयमा वा ९८६७४०८८७७ र ९८६४३१६८०२ नम्बरमा खबर गरिदिन हार्दिक अनुरोध गर्दछौँ, देउवाले भने ।

salt training

कमेन्ट गर्नुहोस्