२३ असार २०८३, मंगलबार

तीन देशका विदेशमन्त्रीले गरे सुरक्षा परिषद् विस्तारको आह्वान

असोज ५, २०८०
काठमाडौं
तीन देशका विदेशमन्त्रीले गरे सुरक्षा परिषद् विस्तारको आह्वान

न्युयोर्क–ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्काको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेरबक, जापानका विदेशमन्त्री योको कामिकावा र भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम), सञ्जय वर्माले परिषद्को विस्तार र सुधारका बारेमा छलफल गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्