२७ जेठ २०८३, बुधबार
शिक्षकको आन्दोलन

वार्ताको टुंगो लागेन, पानी परेपछि तितरबितर भए शिक्षक

असोज ५, २०८०
काठमाडौं
वार्ताको टुंगो लागेन, पानी परेपछि तितरबितर भए शिक्षक

सरकारसँग हुने भनिएको वार्ता अनिश्चित भएपछि आन्दोलनरत शिक्षकहरूले शुक्रवार दिनभर जसो माइतीघर मण्डलामा बसेर विरोध जनाएका छन् ।

बुधवार र बिहीवार आक्रामक देखिएका शिक्षकहरू शुक्रवार भने अलि मत्थर देखिएका छन् ।

उनीहरूले माइतीघर मण्डलामा नाचगान गरेर समय व्यतीत गरेका छन् । अपरान्ह पानी परेपछि भने शिक्षकहरू तितरबितर भएका छन् ।

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज हुने भनिएको वार्ता अनिश्चित बनेको छ । दिउँसो ३ बजेसम्म वार्ता शुरु भएको छैन ।

वार्ता समिति गठनका लागि भन्दै महासंघको आन्दोलन परिचालन समितिको बैठक बसिरहेको छ । विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्ने लगायत १७ बुँदे मागसहित शिक्षकहरू आन्दोलनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्