
काठमाडौंको बूढानीलकण्ठ र आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार भारी वर्षासँगै धोबीखोला, विष्णुमतीलगायतका नदीहरूमा आकस्मिक रुपमा पानीको बहाव बढेको छ ।
धोबीखोला, विष्णुमतीलगायतका नदीहरूमा पानीको बहाव बढ्ने तथा बाढी आउ नसक्ने भएकाले ती क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।