२३ असार २०८३, मंगलबार
शिक्षक आन्दोलनलाई कांग्रेसको सम्बोधन

शिक्षकलाई कांग्रेसको आग्रह– ऐन बनाएर तपाईँहरूका माग समाधान गर्छौं, विद्यालय खोल्नुस्

असोज ५, २०८०
काठमाडौं
शिक्षकलाई कांग्रेसको आग्रह– ऐन बनाएर तपाईँहरूका माग समाधान गर्छौं, विद्यालय खोल्नुस्

नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूका जाजय मागलाई पूरा गर्न संसद्मा भूमिका खेल्ने भन्दै विद्यालयमा पठनपाठनको प्रक्रिया शुरू गर्न माग गरेको छ । केन्द्रीय समितिको बैठकबाट शिक्षकको आन्दोलनबाट निर्णय गर्दै कांग्रेसले वार्ताबाट शिक्षकका समस्या समाधान गर्न सकिने बताएको हो । 

‘संसद्मा दर्ता गरेको शिक्षा विधेयक दर्ता भएको छ । शिक्षकका मागका विषयमा वार्ताबाट समाधान निकाल्न सकिन्छ । कांग्रेस सरकार र शिक्षकबीच भएको वार्तालाई स्वागत गर्छौ,’ बैठकबाट गरेको निर्णयबारे जानकारी गराउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘विद्यालय शिक्षाको अवस्था र शिक्षकका हक हितका विषयलाई समेटेर विधेयकलाई ऐन बनाउँदा परिमार्जन गर्न सकिने विषय छन् ।

संसदीय प्रक्रियाबाट परिमार्जन गर्न सकिन्छ । सार्थक वार्ताबाट यथाशीघ्र सहमतिमा पुग्नुपर्छ । शिक्षकले पनि छिटोभन्दा छिटो पठनपाठन गर्ने वातावरण बनाउनुपर्छ भन्नेमा माग कांगेस गर्दछ ।’ 

कांग्रेसले सबैको साझा प्रतिबद्धताबाट सहमतिमा पुग्नुपर्ने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्