
एसियाली खेलकुद प्रतियोगिता आज (शनिबार)देखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा शुरू हुँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन्।
अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उद्घाटन समारोहमा सहभागी हुनेछन्।
प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो। यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ।
प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् ।