०८ साउन २०८३, शुक्रबार

क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन

असोज ६, २०८०
काठमाडौं
क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । निर्वाचन समितिका चुनावी प्रक्रिया आज बिहान ८ : १५ शुरू हुनेछ । 

८ : ४० मा उम्मेदवारको मनोनयन, ११: २० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन,  ११: ४० बजे उम्मेदवारको मनोनयम उपर उजुरी र छानबिन हुने कार्यतालिका रहेको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गरिने  निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार साधरण सभा तथा बन्द सत्र सकिएको थियो । 

क्यानको चुनावमा कुल ८६ रहे पनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८५ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्