२२ जेठ २०८३, शुक्रबार
क्यानको साधारणसभा

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

असोज ६, २०८०
काठमाडौं
नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको  निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । 

अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । उनी यसअघि पनि अध्यक्ष नै थिए । नेतृत्वमा पुन: दोहोरिएका छन् । 

रोशन सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् । 

नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा शुरू भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ  । 

सचिवलगायत अरु पदका लागि भने उम्मेदवारी दर्ता जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्