×

विदेशमा सीप सिकेर स्वदेशमा उद्यम

प्रहरीको तालिम छोडेर भागेका अर्जुन: पटक–पटक कोरिया गए, फर्किएर नेपालमै ‘कोरियन स्वाद’ पस्किए

बुटवल | असोज ६, २०८०

बुटवलका अर्जुनबहादुर थापाले रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुपूर्व नै १३ वर्षभन्दा बढी समय दक्षिण कोरियामा बिताए । उनले वि. सं २०५१ देखि ०६४ सम्म कोरियामा काम गरेका थिए । कोरियामा उनले ‘म्यानुफ्याक्चर इन्डस्ट्रिज’ (उत्पादन क्षेत्र)मा काम गरे । त्यहाँ एउटा कोरियन रेस्टुरेन्ट पनि थियो । बचेको समयमा त्यहाँ गएर कोरियन परिकार बनाउने फरक ज्ञानसमेत लिन सफल भए उनले । त्यही ज्ञान लिएर अर्जुन ०६४ मा नेपाल फर्किए । कोरियाबाट फर्किएपछि उनलाई यहीँ केही गरौं भन्ने लागिरहेको थियो । विदेशबाट फर्किएपछि ६ वर्ष भने उनको समय विभिन्न प्रयोग र योजनामै बित्यो । अनि अर्जुनले अठोट गरे कोरियन रेस्टुरेन्ट खोल्ने । अन्ततः ०७० मा उनले कोरियन स्वादका पारखीलाई लक्षित गर्दै बुटवलमा कोरियन रेस्टुरेन्ट सञ्चालनमा ल्याए ।

null


Advertisment

कोरिया बसाइका क्रममा ‘पार्ट टाइम’को रुपमा सिकेको त्यहाँको परिकार बनाउने सीप आफूलाई अहिले आएर काम लागेको अर्जुन बताउँछन् । ‘कोरिया बसाइका क्रममा ‘पार्ट टाइम’को रुपमा सिकेको त्यहाँको परिकार बनाउने सीप मलाई अहिले आएर काम लाग्यो,’ उनी भन्छन्, ‘नेपालमा उदाउँदो खाद्य संस्कृतिलाई मध्यनजर गर्दै मैले बुटवल क्षेत्रमै पहिलो पटक फरक किसिमको रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हुँ ।’ हुन पनि उनले नेपाली ग्राहकलाई कोरियन स्वाद पस्किएका छन् । औद्योगिक शहरले परिचित बुटवलमा उनले रेस्टुरेन्टबाटै सफलता हासिल गरेका छन्, पहिचान बनाएका छन् । 


Advertisment

भारतीय प्रहरीमा लागे, तालिममा भागे
गुल्मीको मुसीकोट नगरपालिका साविक कुर्घा गाविसमा ०२५ मा जन्मिएका अर्जुन परिवारसहित ०३९ मा बसाइँसराइँ गरी बुटवल झरेँ । बुटवलस्थित कान्ति माविबाट विद्यालय तहको पढाइ पूरा गरेपछि उनी भर्ती हुने चक्करमा भारततिर लागे । किनकि, अर्जुनका बुवा उजीरबहादुर थापा भारतीय सेनामा आबद्ध थिए । उनी सेनाको क्याप्टेन बनेका थिए । यसर्थ उनलाई पनि परिवारले यसै क्षेत्रमा लाग्न दबाब दिन गथ्र्यो । अर्जुनले सो दबाब थेग्न सकेनन् र त्यसलाई रहरमा परिणत गर्ने सोचे । अनि ०४३ मा एसएलसी परीक्षा उतीर्ण गरेपछि उनी भारतको सिलाङ गए । तीन वर्ष संघर्ष गरेपछि ०४६ मा भारतीय प्रहरीमा भर्ती भए । भर्ती भए पनि उनले तालिममा असहज महसूस गर्न थाले । उनलाई तालिम नै यातना दिएजस्तो लाग्न थाल्यो । पछि उनी भागेर घर (बुटवल) आए ।

null

‘घर परिवारको प्राथमिकता भारतीय वा बेलायती लाहुरे बन्नुपर्छ भन्ने थियो,’ पुरानो कुरा सम्झँदै उनी भन्छन्, ‘बाबा पनि भारतीय सेनामा हुनुहुन्थ्यो । म पनि उडिसा पुलिसमा भर्ती भएको थिएँ तर, त्यसै छाडेर आएँ ।’ 

केही समय घरमै बसेपछि अर्जुन जागिरको खोजीमा भारतकै दिल्लीतिर हानिए । दिल्लीमा आफन्तको सम्पर्कमा पुगेपछि एउटा साहुको घरका काम अवसर मिल्यो । त्यहाँ दुई वर्ष काम गर्दा उनले मासिक ५०० रुपैयाँका दरले तलब पाउने । त्यो बेलाका लागि त्यति कमाइ राम्रै रहेको उनी बताउँछन् । 

...अनि पुगे कोरिया
दिल्लीमा दुई वर्षको बसाइपछि अर्जुन फेरि घर आए । त्यो बेला गाउँमा विदेश जानेको संख्या बढ्दै थियो । मधु लम्साल भन्ने व्यक्तिले कोरिया पठाउने गरेको सूचना पाए । लम्सालसँग अर्जुनका बुवाको चिनापरिचय थियो । मधुले बुटवलमा लुम्बिनी ओभरसिज नामको म्यानपावर खोलेका थिए । कोरिया जाने चक्करमा उनी एकदिन त्यहाँ पुगे । अन्तर्वार्ता दिए । त्यसमा सफल भएपछि ०५१ मा उनीसहित यस क्षेत्रका १७२ जना युवा दक्षिण कोरिया उडेँ । त्यहाँ पुगेपछि उनले गितार उत्पादन गर्ने कम्पनीमा काम शुरू गरे । त्यहाँ ७ महिना काम गरेँ । जहाँ उनको तलब नेपाली २५ हजार रूपैयाँ हुन्थ्यो । विदेश जाँदा खर्च भएको एक लाख रुपैयाँ ऋण तिरेपछि त्यो कम्पनीबाट भागेर उनी मार्वल कटिङ गर्ने मेसिन (साङका)मा अवैध रुपमा काम थाले । त्यहाँ उनले मासिक ५० हजारभन्दा बढी कमाउन थाले । त्यहाँ उनले झण्डै सात वर्ष काम गरेर राम्रो कमाइ गरे । कमाएको सबै पैसा बुवालाई पठाउँथे ।

अवैध भनेर फर्काइए, पछि फेरि भिसा लाग्यो
अर्जुनको कोरिया बसाइ राम्रै चलिरहेको थियो । तर एकदिन उनी अवैध रुपमा काम गरेको आरोपमा पक्राउ परे । सन् सन् २००० तिरको कुरा, उनी साथीलाई भेट्न जाँदा पक्राउ परेका हुन् । पक्राउपछि उनलाई नेपाल पठाइयो । नेपाल आएको तीन महिनापछि फेरि अर्जुनको कोरियाकै लागि भिजा लाग्यो । फेरि कोरिया पुगेपछि उनले चुहान केमिकल कम्पनीमा काम गरे । त्यहाँ उनले मासिक १ लाख रुपैयाँ कमाउन थाले । ०६४ मा नेपाल फर्किएपछि भने उनले कोरिया जाने निर्णय गरेनन् । १३ वर्ष कोरियामा बिताउँदा उनले त्यहाँ एकजना होटल सञ्चालकसँग चिनजान गरे । उनलाई अर्जुनले ‘आमा’का नामले संबोधन गर्थे । कम्पनीको काम गरेपछि उनी तिनै आमाको होटलमा काम गर्न थाले । छुट्टीको दिन होटल तथा रेस्टुरेन्टमा काम गरेर त्यहाँका परिकार बनाउन सिकेका थिए अर्जुनले । ‘मैले कम्पनीको काम पछि होटलमा सीप सिक्दै काम गरेँ । किचनदेखि, वेटर र हेल्परसम्मको काम भ्याएँ ।’ 

फेरि स्वदेश फर्किएपछि खुल्यो कोरियन रेस्टुरेन्ट
कोरियाबाट फकिएपछि ०७० मा अुर्जनले बुटवल–८ सुख्खानगरका कोरियन रेष्टुरेन्ट खोल्ने निर्णय गरे । अनि उनले कोरियन ‘आमा’लाई झिकाए । ती कोरियनले अर्जुनसँगै उनकी श्रीमती गंगालाई पनि सबै परिकारका लागि निपूर्ण बनाइदिए । यो काम तीन महिनामा तमाम भयो ।

४५ लाख रुपैयाँको लगानीमा सुरु गरेको कोरियन रेष्टुरेन्ट अहिले १ करोड २५ लाखको पुगेको छ । उनीकहाँ कोरियन साम्गेपसाल, दन्जाङ, क्रिम कप, विविय पाप, किम्ची चिके, थाक्तोरी थाङ लगायतका दुई दर्जन परिकारको स्वाद चाख्न पाइन्छ । उनले रेस्टुरेन्टको स्वाद चाख्न विभिन्न ठाउँबाट ग्राहक आउने गरेका छन् । ‘यहाँको परिकार खान टाढा–टाढाबाट पनि ग्राहक आउछन्,’ उनी थप्छन् । कोरियन खाना–नास्तामा न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग राखिन्छ । यो स्वास्थ्यकर मानिन्छ ।

कोरियन परिकार नेपालमा खाइने परिकारभन्दा केही महंगो हुने अर्जुन बताउँछन् । यही भएर शुरूमा खोल्ने आँट कसैले नगरेको उनको भनाइ छ । ‘अहिले त यहाँ कोरियन रेस्टुरेन्ट नामका धेरै रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ,’ उनी भन्छन्, ‘मैले शुरू गर्दा बुटवल क्षेत्रमा अरु कुनै कोरियन रेस्टुरेन्ट थिएनन् ।’

अर्जुनले शुरूका वर्ष रेस्टुरेन्टमा आठ जनालाई रोजगार दिएका थिए । शुरूमा कोरोना भाइरस महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण व्यापारमा केही सिथिलता आएको उनको भनाइ छ । अहिले जनशक्ति थोरै घटेका छन् । अहिले रेस्टुरेन्टमा पाँच जनाले काम गर्छन् । आर्थिक मन्दीका बीच पनि रेस्टुरेन्टबाट राम्रै आम्दानी भइरहेको अर्जुन लुकाउँदैनन् । सबै खर्च कटाएर महिनाको एक–डेढ लाखसम्म कमाइ हुने उनको भनाइ छ । अब रेस्टुरेन्ट आफ्नै जग्गामा सार्ने सोचमा छन् अर्जुन । 

‘कर चाहिँ असुल्ने, १० बजे नै बन्द गर्नुपर्ने ?’
सफल व्यवसायी हुनका बाबजुद अर्जुनसँग राज्यसँग गुनासाहरू पनि छन् । १० बजे बन्दगरिसक्नुपर्ने नियमका कारण व्यवसायीहरू मारमा परेको उनी सुनाउँछन् ।

‘रेस्टुरेन्ट राति १० बजे नै बन्द गर्न प्रहरीले बाध्य पार्ने गरेको छ । कर चाहिँ पूरै असुल्ने, अनि होटल–रेस्टुरेन्ट भने १० बजे नै बन्द गर्नुपर्ने ?’, उनी प्रश्न गर्छन् । १० बजे नै बन्द गराउने राज्यको कदम व्यवसाय र समग्र अर्थतन्त्रका हिसाबले राम्रो नहुने उनको तर्क छ । विदेशबाट फर्किएर नेपालमै केही गर्छु भन्नेका लागि वातावरण नभएको अर्जुन गुनासो गर्छन् । 

‘विदेशबाट फर्किएर आएकाले उद्यम गर्ने वातावरण बनाउन सकिएको छैन । यसैले त केही गर्ने सोचले विदेश छाडेर आएकाहरू पनि यहाँ आएपछि फेरि उतै जाने मन बनाउने गरेको पाइन्छ,’ उनी थप्छन् ।

नेपालमा पनि कोरियाकै जस्तो प्रणाली आवश्यक रहेको उनी सुझाव दिन्छन् । ‘कोरियामा केही सिस्टम छ,’ उनी भन्छन्, ‘हाम्रो देशमा सिस्टम छैन । सुधार हुन आवश्यक छ ।’

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x