![एनसेल ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी फूटबल’मा अनिल गुरुङ समूह विजयी [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/ncell_football_bDP8HriqLl.jpg)
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ ।
एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ नेतृत्वको सेलिब्रेटी समूह विजयी भएको हो । गुरुङको समूहले बिराज महर्जनको कप्तानीमा रहेको सेलिब्रेटी समूहलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।
गुरुङ समूहमा कलाकार सन्दीप क्षेत्री लगायतले खेलेका थिए । क्षेत्रीले खेलमा एक गोल गरे । बिराज महर्जनको समूहबाट जितु नेपाल, समृद्धि राईलगायतले खेलेका थिए ।
सेलिब्रेटीको खेल अगाडि एनसेल र नेप्लिज योङ्ग इन्टरप्रेनरबीच प्रतिस्पर्धा भएको थियो । जसमा एनसेल १–० गोल अन्तरले विजयी भयो ।
उक्त खेलमा एनसेलका प्रज्ज्वल प्रजापतिले एक गोल गरे । उक्त गोल नै एनसेलको जीतमा निर्णायक बन्यो ।
खेलपश्चात् एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सहभागी समूहका सबैलाई प्रमाणपत्र वितरण गरेका थिए ।
हेरौं भिडियोः