२५ जेठ २०८३, सोमबार

प्रचण्ड–सी भेट : दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउने प्रतिबद्धता

असोज ६, २०८०
काठमाडौं
प्रचण्ड–सी भेट : दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउने प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेटवार्ता भएको छ ।​​

साताव्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका छन् ।

क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको दुवै नेताबीचको छलफलको निष्कर्ष रहेको थियो ।

यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ ।

वार्ताका क्रममा राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिक रुपमा समेत गरी एक घण्टा लामो वार्ता भएको थियो ।

भेटवार्तामा राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्व कायम राख्नु पर्ने बताएका थिए ।

साथै उनले ठूलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्