२२ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री कार्कीको आरोप– विदेशी सहयोगले कोशीमा पहिचानको आन्दोलन भइरहेको छ

असोज ६, २०८०
काठमाडौं
मुख्यमन्त्री कार्कीको आरोप– विदेशी सहयोगले कोशीमा पहिचानको आन्दोलन भइरहेको छ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ‘विदेशी सहयोगमा पहिचानको आन्दोलन भइरहेको’ आरोप लगाएका छन् । शनिवार विराटनगरमा आयोजित कार्यक्रममा उनले पहिचानको आन्दोलनलाई जबरजस्ती उठाइएकोसमेत बताए ।

‘स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरूको सहयोगमा काठमाडौंदेखि मानिसहरू ल्याएर आन्दोलन गरिँदै छ,’ उनले भने, ‘यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेका छन् ।’ 

प्रगतिशील तथा पेसागत कानून व्यवसायी संघ (पीपीएलए)को कोशी प्रदेश प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा आफ्नो पार्टी सिङ्गो नेकपा (एमाले) जुरुक्क उठ्न नसकेको गुनासोसमेत गरेका छन् ।   

उनले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारण सार्वजनिक गरे पनि रवि लामिछानेको नेत्तृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धारण प्रष्ट नआएकोमा आश्चर्य व्यक्त गरेका छन् । 

कोशी प्रदेशसभाले वर्षको फागुन १७ मा बहुमतद्वारा कोशी नाम पारित गरेको थियो । त्यसपछि लगातारजसो नै पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्