२१ असार २०८३, आइतबार
रोकिएन शिक्षकको आन्दोलन

सरकारले सम्बोधन नगरेसम्म असन्तुष्ट शिक्षकहरूले आन्दोलन जारी राख्ने

असोज ६, २०८०
काठमाडौं
सरकारले सम्बोधन नगरेसम्म असन्तुष्ट शिक्षकहरूले आन्दोलन जारी राख्ने

सरकार र नेपाल शिक्षकसँगको ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आइरहेका शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् ।

। पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने प्रष्ट पारेको छ ।

पेन्सन बन्चित शिक्षक समूहका अध्यक्ष अमृत कार्की र महासचिव टीकाबहादुर खड्काले जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पेन्सन बन्चित राहत शिक्षक समूह, रमहत शिक्षक, बालविकास सहजकर्ता र कर्मचारीहरूको आन्दोलनले सार्थकता पाएको छ । सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरियो ।’

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरूले शनिवार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए । त्यो जारी राख्ने भएका हुन् ।

शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ ।

सरकार र शिक्षक महासंघबीच शुक्रवार ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ताको घोषणा भएको थियो । तर त्यसलाई राहत शिक्षकहरूले मानेका छैनन् । 


 

कमेन्ट गर्नुहोस्