रौतहट, ५ असोज— २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले रौतहट जिल्लाबाट जितको खाता खोलेको छ ।

रौतहटको परोहा नगरपालिकामा कांग्रेसका शेख वकिल विजयी भएका छन् । उनी ६ हजार ४०० मत प्राप्त गरी विजयी भएका हुन् ।
यस्तै उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका अरुण जैसवालले ४००० मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसकै सुगन्दी गिरी ५ हजार ९२० मत प्राप्त गरी विजयी भइन् ।