०१ असार २०८३, सोमबार

'भगवान् श्रीपशुपतिनाथ' नामक महाग्रन्थ लोकार्पण

असोज ७, २०८०
काठमाडौं
'भगवान् श्रीपशुपतिनाथ' नामक महाग्रन्थ लोकार्पण

पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले 'भगवान् श्रीपशुपतिनाथ' नामक महाग्रन्थ प्रकाशनमा ल्याएको छ । आइतबार एक समारोहबीच ग्रन्थ लोकार्पण गरिएको हो ।

ग्रन्थको लोकार्पण डा. स्वामी आत्मानन्द गिरी र महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्याय भट्टले संयुक्त रूपमा गरेका हुन् । 

करिब १२३८ पृष्ठको महाग्रन्थको स्तुती खण्डमा संस्कृत एवम नेपाली स्तुति र पद्यहरू समावेश छन् ।

तत्त्व दर्शन खण्ड, उपासना खण्ड एवं इतिहास संस्कृत खण्ड गरी तीन खण्डमा नेपालका विभिन्न विद्वानहरूका ६४ लेख समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्