२१ असार २०८३, आइतबार

चलचित्र ‘हात्तीछाप’को पोस्टरमा यस्तो देखिए​ दयाहाङ र उपासना

असोज ७, २०८०
काठमाडौं
चलचित्र ‘हात्तीछाप’को पोस्टरमा यस्तो देखिए​ दयाहाङ र उपासना

मल्टिस्टारर चलचित्र ‘हात्तीछाप’ले माघको २६ गतेका लागि प्रदर्शन मिति तय गरेको छ । 

यो चलचित्रका निर्माताले गत साता अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स समावेश पोस्टर सार्वजनिक गरेका थिए ।

यस्तैमा, निर्माण टिमले आइतवार अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई समावेश गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ । 

सार्वजनिक पोस्टरमा दयाहाङ र उपासनालाई संगै बाँधिएको अवस्थामा देख्न सकिन्छ । 

यो चलचित्रमा दयाहाङ, सौगात र उपासनाका साथमा विल्सन विक्रम राई, बेनिशा हलमा, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको समेत अभिनय छ । चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । 

किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा पुष्कर गुरुङ र अमला देवी राईको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् । यो चलचित्रको अब एउटा मात्र गीतको छायांकन हुन बाँकी छ ।

चलचित्रले बक्स अफिसमा सुखद् कमाई गर्ने विश्लेषण गरिएको छ ।

कमेन्ट गर्नुहोस्