११ साउन २०८३, सोमबार

नेपाल–चीन बिजनेस समिट : चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य

असोज ७, २०८०
काठमाडौं
नेपाल–चीन बिजनेस समिट : चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य

नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा दुवै तर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकाले लगानीका लागि उनले आग्रह गरेका हुन् ।

नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै उनले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि वातावरण बनाउने बताए ।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनको भनाइ थियो ।​​

सीसीपीआईटीको मुख्यालय बेइजिङमा आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनले प्रतिबद्धता जनाए । 

पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार तयार रहेको बताउँदै उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताए ।

null

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । साथै, नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष ढकालको विश्वास थियो ।

कार्यक्रममा उनले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए ।

नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको जानकारी दिँदै उनले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको उनको भनाइ थियो । 

नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी दिँदै उनले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा स्पष्ट पारे ।​

अध्यक्ष ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्