काठमाडौं, ५ असोज — विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पनि खाता खोलेको छ ।

सर्लाहीको विष्णु गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको हो । उक्त गाउँपालिका अध्यक्षमा फोरम लोकतान्त्रिकका जवाहरलाल यादव १ हजार ९ सय ४६ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अरुणकुमार सिंहले १ हजार ५ सय ४९ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा लोकतान्त्रिक फोरमकै उषादेवी १ हजार ९ सय ३५ मत प्राप्त गरी विजयी भएकी छिन् ।
२ नम्बर प्रदेशमा गच्छदारको फोरम कमजोर देखिएको छ ।