१० साउन २०८३, आइतबार

एसियाली खेलकुद: महिला फुटबलमा नेपाल पहिलो पटक जापानसित खेल्दै

असोज ८, २०८०
काठमाडौं
एसियाली खेलकुद: महिला फुटबलमा नेपाल पहिलो पटक जापानसित खेल्दै

१९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ सवा ५ बजे शुरू हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । 

यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो । 

जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। समूहमा जापान शीर्ष स्थानमा रहेको छ । 

यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल असोज ११ गते बंगलादेशसित खेल्ने छ । 

लिम्बूको घुँडाको शल्यक्रिया सफल

null
यसैबीच भियतनामविरुद्धको पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूको घुँडाको शल्यक्रिया सफल भएको छ । उनको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो । 

भियतनामविरुद्धको पहिलो खेल खेल्ने क्रममा लिम्बू खेलको ३५औँ मिनेटमा घाइते भएकी थिइन् । उनको घुँडाको मांसपेसी च्यातिएको थियो । लिम्बूले  १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका बाँकी खेल गुमाउने भएकी छिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्