२५ जेठ २०८३, सोमबार

वीरगञ्जमा धार्मिक सद्भाव  र्‍याली निकालिँदै

असोज ८, २०८०
विरगञ्ज
वीरगञ्जमा धार्मिक सद्भाव  र्‍याली निकालिँदै

मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज (सोमबार) धार्मिक सद्भाव र्‍याली निकाल्न लागिएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी गरिएको हो । 

केहीबेरमा वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निस्किने धार्मिक सद्भाव र्‍यालीमा सहभागी हुन राजनीतिक दल, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायत सबैपक्षसँग महानगरपालिकाले अपिल गरेको छ ।

सर्लाहीको मलङ्गवामा दुई पक्षबीचको विवादका कारण वीरगञ्जमा पनि बन्द, हडताल र प्रदर्शन हुन थालेपछि सामाजिक सद्भाव कायम राख्न धार्मिक सद्भाव र्‍याली निकाल्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकमा सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको थियो । 
    
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्तिसुरक्षा, अमञ्चयनमा असर पर्नेगरी धार्मिक एवं सामुदायिक प्रकारको र्‍याली, जुलुश, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्