कात्तिक २०, २०८०
इओन लिम्बु र सिमोन गिरी दुवैका लागि पहिलो फिल्म हो – ‘दुई कदम’ । यो लभस्टोरी फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन्, जुन मंसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले प्रचारप्रसारको ...
चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरेपछि निर्माणपक्षले यसको सिक्वेलको निर्माण घोषणा गरेको छ । चलचित्रका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने विषयमा सहमति भएको हो ।
‘अ पोलिटिकल कमब्याक अर्थात् एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित चलचित्र ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ ।
‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौँ, उहाँहरूले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,’ निर्माता कडरियाले भने, ‘हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौँ । अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौँ ।’
चलचित्रका लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनले भने, ‘अहिले चलचित्रको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौँ ।’
दोस्रो भागको कथामा के हुन्छ त ? भन्ने प्रश्नमा निर्देशक लामाले भने–‘गाउँमा जरीको आतंकबाट गाउँलेहरू वाक्क हुन्छन् । र, जरीबाट पीडित गाउँलेहरू काठमाडौं गएर पासाङलाई गाउँ फर्काउँछन् । पासाङ गाउँ फर्केर जरीका खराब गतिविधिलाई रोक्ने संघर्षमा होमिन्छ ।’
निर्माता कडरियाका अनुसार ‘नाङ्गो गाउँ–२’को छायांकन एक वर्षपछि मात्र हुनेछ । त्यसअघि उनले निर्देशक लामालाई नै लिएर अर्को कमेडी चलचित्र बनाउने तयारी गरेका छन् । ‘चलचित्र ‘नाङ्गो गाउँ’बाट म सन्तुष्ट छु, त्यही भएर मैले दीपेन्द्रजीसँगको सहकार्यलाई निरन्तरता दिन लागेको हुँ,’ निर्माता कडरियाले भने ।
तिहारपछि छायांकनमा जाने नाम जुराउन बाँकी उक्त कमेडी चलचित्र दीपेन्द्र लामाकै लेखन रहनेछ । यसमा ‘नाङ्गो गाउँ’कै टिम दोहोरिने सम्भावना छ । चलचित्रको कलाकार र प्राविधिक टिमको बारेमा केही दिनपछि जानकारी दिने निर्माण टोलीको तयारी छ । निर्देशक लामाले भने–‘यो मेरो पहिलो पूर्ण रुपमा कमेडी समावेश गरिएको चलचित्र हुनेछ । यसपटक दर्शकलाई दुई घन्टा लगातार हँसाउनु मेरो लक्ष्य रहनेछ ।’
इओन लिम्बु र सिमोन गिरी दुवैका लागि पहिलो फिल्म हो – ‘दुई कदम’ । यो लभस्टोरी फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन्, जुन मंसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले प्रचारप्रसारको ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
गत वैशाखमा अभिनेता दयाहाङ राईका दुईवटा चलचित्र एकैदिनबाट प्रदर्शनमा आएका थिए । उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘बिहे पास’ वैशाख १ मा प्रदर्शन भएका थिए । यी दुईमा ‘...
यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...
नेपाली साङ्गीतिक क्षेत्रका हिट गायक हुन् प्रकाश सपूत । उनले हरेक गीतबाट स्रोता दर्शकको अद्भूत माया पाउँदै आएका छन् । ‘बोलमाया’देखि ‘सकम्बरी’सम्म आउँदा प्रकाशले अधिकांश गीतबाट लोभल...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...