×

NIC ASIA

गाउँ फर्किएनन् माओवादी नेता

माओवादी रूपान्तरण अभियानः नेताहरू गाउँ नजाँदा कोशीमा छैन माहोल, कार्यकर्ता रनभुल्ल

काठमाडाैं | असोज ८, २०८०

Prabhu Bank
NTC
अभियानका क्रममा कार्यकर्ता
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)को तीन महिने रूपान्तरण अभियान जारी रहे पनि कोशी प्रदेशमा त्यसअनुसारको राजनीतिक गतिविधि र उत्साह देखिएको छैन ।

अभियान उद्घाटनको झण्डै एक महिना बित्न लागे पनि नेताहरू गाउँ–गाउँमा पुगेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनतासँग सबन्ध सुधार गर्ने भन्दै माओवादीले भदौ १६ गते (शनिवार)देखि तीन महिने अभियान शुरू गरेको थियो । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियान उद्घाटन गरेका थिए ।


Advertisment
Rupse Holidays
Nabil box

‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य पार्टीका केन्द्रीय सदस्य हुन् । उनी सुनसरीको इनरुवा र रामधुनी नगरपालिकामा खटिएका थिए । उद्घाटनका दिन त्यहाँ पुगेका उनी त्यसयता पुगेका छैनन् ।

Vianet communication

‘प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने भन्दै उहाँ काठमाडौंतिर धाइरहनुभएको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले आक्रोशित हुँदै भने, ‘अब बन्ने सरकारमा मन्त्रीका लागि ससुरा र श्रीमतीलाई फकाउँदै हुनुहुन्छ होला । उहाँको दाउ त मुख्यमन्त्री नै पड्काऊँ भन्ने नै छ क्यारे ।’

यस्तै पूर्व सभामुख एवं निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम पनि पार्टीले खटाएको कार्यक्षेत्रमा गएका छैनन् । उनको कार्यक्षेत्र मोरङको उर्लाबारी हो ।

सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका गौतमले एक महिना पनि मन्त्रालय सम्हाल्न पाएनन् । मन्त्री पद गुमेपछि उनी पनि बिरक्तिएर काठमाडौंतिर लागेका छन् ।

गत चुनावमा प्रदेशसभामा नेकपा एमालेले टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी पनि अभियानमा खटिएका छैनन् ।

उनी उद्घाटनमा समेत गएनन् । अभियान चलिरहँदा चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटो सार्वजनिक गरेका छन्, साथै अध्यक्ष कमरेडसँग भेट भनेर लेखेका छन् ।

केन्द्रीय सदस्य किरण राई मोरङकै मिक्लाजुङमा खटिएका थिए । उनी पनि फिल्डमा गएका थिएनन् । भाइ बिरामी भएका कारण किरण फिल्डमा नआएको प्रदेश कमिटीका अध्यक्ष हर्क बेमनाङ (मिक्सो)ले बताए । 

सांसदहरूले पार्टी कामलाई बेवास्ता गरेको आरोप अन्य नेताहरूले लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ पनि फिल्डमा छैनन् । उनी बिरामी भएका कारण अभियानमा नखटिएको निकटस्थहरू बताउँछन् ।

प्रतिनिधिसभा सदस्य दुर्गा राई पनि अभियानको मिति घोषणा गरेपछि पार्टीको काममा नजोडिएको नेताहरू बताउँछन् । उनलाई खोटाङमा खटिने जिम्मेवारी छ ।

राई समानुपातिक सांसद हुन् । सांसद हुनुभन्दा अगाडि पनि पार्टी काममा सक्रिय नरहेको भन्दै विरोध भएको थियो ।

शान्ति सम्झौतापछि माओवादी लगातार सरकारमा गएको र जनताबीच नआएको गुनासो बढेपछि अभियान घोषणा गरेको माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल (बलदेव)ले बताए । 

‘हामी शान्ति सम्झौतापछाडि रूखको टुप्पोमा बस्यौं,’ खनालले भने, ‘रूखका हाँगाहरू भाँचिन थाले । अहिले हामी जरादेखि नै पानी हालेर गोडमेल गर्नुपर्छ भनेर जनताको घरदैलोमै आएका छौं ।’

एक घर पनि नछाड्ने भनेर माओवादीले अभियान थालेको महिना दिन बित्न लाग्दा उद्घाटनपछि खासै माहोल नजुरमुराएको माओवादीकै नेताहरू बताउँछन् ।

केन्द्रले खटाएका २० प्रतिशत नेताहरू फिल्डमा नआएको प्रदेश कमिटीका अध्यक्ष मिक्सोले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x