२५ जेठ २०८३, सोमबार

गैँडालाई खाल्डोमा पारेर खाग चोरी गर्ने २५ वर्षपछि समातिए

असोज ८, २०८०
काठमाडौं
गैँडालाई खाल्डोमा पारेर खाग चोरी गर्ने २५ वर्षपछि समातिए

गैँडाको खाग चोरी गर्ने एक व्यक्ति २५ वर्षपछि समातिएका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतवार समातेको हो । 

समातिनेमा चितवन कालिका नगरपालिका–२ का ४४ वर्षीय यमबहादुर बानियाँ रहेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार बानियाँलाई भरतपुर महानरपालिका–१० चौबीसकोटीबाट समातिएको हो ।

बानियाँले ०५५ साल कार्तिक २८ गते चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रको एक खाल्डोमा गैँडालाई पारेर खाग चोरी गरेका थिए ।

उनलाई जिल्ला अदालत, चितवनले ०५७ माघ २५ गते १० वर्ष कैद सजाय र एक लाख जरिवाना गरेको थियो । तर, उनी पक्राउ पर्न सकेका थिएनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्