×

NIC ASIA

विस्तार भयो कोशी मन्त्रिपरिषद्

कोशीमा सरकार विस्तार, ४ मन्त्री थपिए

विराटनगर | असोज ८, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै थप चारजना मन्त्री नियुक्त गरेका छन् ।  

सुनसरीबाट निर्वाचित प्रदेश सांसद रामप्रसाद मेहता, मोरङका लीलावल्लभ अधिकारी, धनकुटाका नीरन राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई सोमवार मन्त्रीमा नियुक्त गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीलाई आन्तरिक मामिला तथा कानून, राजभण्डारीलाई खानेपानी, सिँचाइ, तथा उर्जा, महतोलाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री र राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

तिलकुमार मेन्याङ्बोले यसअघि दुईवटा मन्त्रालयको जिम्मेवारी पाएका थिए । अहिले उनलाई स्वास्थ्यको मात्रै जिम्मेवारी दिइएको छ । 

Vianet communication

यस्तै, पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्री यसअघि नै मुख्यमन्त्री कार्कीले नियुक्त गरेका थिए ।  मेन्याङ्बोले खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय समालेका थिए । 

यसैबीच, नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले सोमवार नै शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ गराएका हुन् ।  

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय  आफैसँग राखेका छन् । तत्कालीन मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएकोविरुद्ध कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा भदौ २१ गते पूर्ण सुनुवाइपछि फैसला सुनाएको थियो । सर्वोच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्नुका साथै अल्पमतमा रहेका एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेको थियो । यस्तोमा मुख्यमन्त्री कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानूनी बाध्यता रहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएको अवस्थामा भने नवनियुक्त मन्त्रीले १२ दिन मात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।  

९३ सदस्यीय प्रदेशसभा एमालेको उपसभामुखसहित ४०, राप्रपाका ६ र गठबन्धनमा आबद्ध दल नेपाली कांगे्रसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)मा ४ र जनता समाजवादी पार्टी (जसपा)का १ प्रदेश सांसद छन् । संसदीय दलको नेता फेर्ने प्रयास एमालेभित्र शुरू भएपछि मुख्यमन्त्री कार्कीले असन्तुष्टहरूलाई मन्त्री बनाएको पार्टीकै नेताहरूले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x