११ साउन २०८३, सोमबार

देश संकटमा छैन, हाम्रो जिम्मामा छ– गगन थापा

असोज ८, २०८०
काठमाडौं
देश संकटमा छैन, हाम्रो जिम्मामा छ– गगन थापा
फाइल फोटो

कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नरहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले स्थानीय तह, प्रदेश र केन्द्रमा पहिलो पार्टी बनेको कांग्रेसले देश संकटमा पर्‍यो भनेर भन्न नहुने बताएका हुन् । 

‘गुनासो छ, देश संकटमा छ । देशको स्थिति राम्रो छैन । तर, यस्तो मात्रै होइन, संविधान बनायौं, ठूलो दल भयौं, ३३२ वटा तहमा हामी छौं । सात प्रदेशमा सकार र मुख्यमन्त्रीमा छौं । अलि पछि प्रधानमन्त्री बन्दै हाम्रो हातमा हुनेछ,’ थापाले भने, ‘त्यसैले देश संकटमा छैन । हाम्रो जिम्मामा छ । सुशासन र डेलिभरीको कुरा तथा मानक बनाएकाले हाम्रो आलोचना भएको छ । आन्दोलनको बेला यस्तो कुरा हेरिँदैन तर अब हेरिन्छ ।’

राष्ट्रपतिले विवादित व्यक्तिलाई माफी दिएको, गुट नमिल्दा प्रदेशमा मन्त्रालय फुटाउने काम भएको आदि कारणले आलोचना बढेको उनको भनाइ छ ।

ध्यान नदिँदा समस्या आएको भन्दै उनले नैतिक कसीमा सभापति मात्रै नभई सबै नेता कार्यकर्ता तयार हुनुपर्ने बताए । 

‘नैतिक हिसाबले उभियौं, शासन भएको ठाउँमा डेलिभरी दियौं भने कुनै कुराले तलमाथि गर्न सक्दैन,’ थापाले भने । 

शिक्षक खुशी नभएसम्म शिक्षा नसुधारिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्