काठमाडौंको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आज (बुधबार)देखि थुनछेक बहस शुरू हुने भएको छ ।
प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस शुरू हुन लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा प्रतिवादीको थुनछेक बहस शुरू हुनेछ ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको 'ब्रेक सू'मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।
राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।