×

NIC ASIA

कोशीमा मन्त्रिमण्डल विस्तार

एमाले प्रदेश अधिवेशनको मुखमा असन्तुष्टलाई 'मन्त्री उपहार': पार्टीभित्रै असन्तुष्टि, प्रभाव पार्न खोजेको आरोप

विराटनगर | असोज १०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा एमालेको प्रदेश अधिवेशनमा प्रभाव पार्न मन्त्रिपरिषद् विस्तार गरेको आरोप लागेको छ । प्रदेश अधिवेशनको मुखमा मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिमण्डल विस्तार गरेका थिए । उनले अधिवेशनका प्रतिनिधिलाई प्रभावित पार्न मन्त्रिमण्डल विस्तार गरेको आरोप लागेको हो ।  कोशीमा यही असोज १२ र १३ गते एमालेको प्रदेश अधिवेशन हुँदैछ ।

अल्पमतको सरकारले विश्वासको मत नलिँदै हतार–हतार मन्त्री थपेर अधिवेशन प्रभावित गर्न खोजेको एमाले नेताहरूकै आरोप छ । ‘प्रदेश अधिवेशनको मुखमा मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गर्नु कपटपूर्ण छ’, एमाले कोशी प्रदेशका एक नेताले भने, ‘आफूसँग असन्तुष्टहरूलाई मन्त्री तक्मा दिने र अधिवेशनमा आफू अनुकूल उम्मेदवारका पक्षमा उपयोग गर्ने नीति देखियो । यो गलत छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले प्रदेश अधिवेशनमा विनोद ढकाल, तुलसी न्यौपाने, घनश्याम खतिवडालगायत नेताहरू अध्यक्षका दाबेदार छन् । मुख्यमन्त्री कार्की प्रदेशमा विनोद ढकाललाई जसरी पनि रोक्न लागिपरेको एमाले नेताहरू बताउँछन् ।


Advertisment
Rupse Holidays
Nabil box

‘विनोद ढकाललाई अध्यक्ष हुन नदिन कार्कीले प्रदेश सरकारको चरम दुरुपयोग गरिरहेका छन्’, एक नेताले भने, ‘यद्यपि यस्तो प्रयासले केही हुने सम्भावना छैन ।’ ढकाल निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी निकट मानिन्छन् भने न्यौपाने र खतिवडा अध्यक्ष केपी शर्मा ओली निकटका हुन् । ‘मुख्यमन्त्रीसँग असन्तुष्ट रहेका प्रदेशसभा सदस्यहरूलाई अधिवेशनको मुखमा मन्त्री बनाइनु गलत नियत प्रेरित  छ,’ ती  नेताले लोकान्तरसँग भने  । 

Vianet communication

मुख्यमन्त्री कार्कीले सोमबार २ मन्त्री र २ राज्यमन्त्री थपेका थिए ।  मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने आफैसँग राखेका छन् । 

भदौ २२ गते ताप्लेजुङका तिलकुमार मेन्याङ्बो ,खोटाङका पाँचकर्ण राई, झापाका एकराज कार्कीलाई मन्त्री बनाएका थिए भने भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । 

मंगलबार सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी मोरङका लिलाबल्लभ अधिकारीलाई मन्त्री बनाएका छन् भने सुनसरीका  रामप्रसाद महतो धनकुटाका निरन राईलाई राज्यमन्त्री बनाएका हुन् ।
 
मोरङ विनोद ढकालको गृह जिल्ला हो । मोरङबाट छनोट भएका प्रतिनिधि ढकालको पक्षमा देखिएपछि १० बुँदे पक्षधरका अधिकारीलाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाएको नेताहरूको आरोप छ । 

पटक पटक आश्वासन दिए पनि निरन राईलाई यसअघि मन्त्री नबनाएका कार्कीले राज्यमन्त्री मात्रै बनाएका छन् । 

कार्कीले कमला दर्नाललाई सचेतक बनाएका छन् । दर्नालका श्रीमान् अनुभूति बम नेपाली मुक्ति मोर्चाको केन्द्रीय नेता हुन् ।

संसदीय दलका उपनेतासमेत रहेका केन्द्रीय सदस्य राम राना मगरले भने दुई दुई पटक चुनाव जितेर आएका साथीहरूलाई मन्त्री बनाइएको बताए । ‘विभिन्न परिस्थिति आउँदा पनि उहाँहरूलाई राख्नै पर्ने हुन्थ्यो,’ उनले भने, ‘पार्टी भित्र विभिन्न जिम्मेवारी आउँछ ।  कहिलेकाहीँ जस्तो समयमा पनि दिनु पर्ने बाध्यता आइलाग्दो रहेछ ।’ 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकार विस्तार गर्दा पार्टीको अधिवेशनमा केही प्रभाव नपार्ने बताए । उनले असोज २ गते नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि मुख्यमन्त्री काठमाडौँ जानु परेकाले सम्भव नभएको बताए ।  

१२/१३ सय प्रतिनिधिलाई ४ जना मन्त्री थप्दा केही असर नपर्ने उनको तर्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x