मंसिर १४, २०८०
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ ।
यसैबीच, मंगलबार चलचित्र हेर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमी काठमाडौंको सिभिल मलमा पुगेका छन् ।
चलचित्र हेरिसकेपछि हिसिला भावुक बनेकी थिइन् । चलचित्रको कथावस्तु र विशेषगरी क्लाइमेक्सले छोएपछि हिसिला भावुक बन्न पुगेकी थिइन् ।
हिसिला भावुक बनेपछि मिडियासँग कुरा गर्दै भट्टराईले भने–‘चलचित्रको कथावस्तु उत्कृष्ट छ । चलचित्रको अन्तिममा मुख्य पात्रले गाउँ छाडेको कुरा मलाई थोरै चित्त बुझेन । अरू, कुरामा त चलचित्रमा आलोचना गर्नुपर्ने ठाउँ छैन ।’
बाबुरामले चलचित्रका मुख्य पात्रले राजनीतिमा हार खाएपछि गाउँ छाडे पनि आफूले भने नछाड्ने बताए । उनले भने–‘मलाई गोरखा छाडेर छोरीलाई काठमाडौंमा उठायो भनेर पनि आरोप लगाइयो । तर, छोरी मानुषीलाई स्वतन्त्र युवाहरूले काठमाडौंमा उठाएका हुन् । म गाउँ छाडेर हिँड्नु हुँदैन भन्ने पक्षमा छु ।’
भट्टराईले अगाडि भने–‘चलचित्रले छोएपछि त मान्छेको आँखाबाट आँसु आउँछ नी । हिसिलाको आँखामा आँसु पनि त्यही भएर आएको हो । निर्देशक दीपेन्द्र लामा सधैं नै उत्कृष्ट चलचित्र बनाउनुहुन्छ ।’
यस्तै, पूर्व मन्त्री यमीले चलचित्र हेरेर सबै कुराले छोएको बताइन् । उनले, पनि बाबुरामले जस्तै मुख्य पात्रले गाउँ छाड्ने कुरामा असन्तुष्टि जनाइन् ।
हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ यो चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा दयाहाङ र मिरुनाका साथमा शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
महिना दिनमै दुईवटा चलचित्रबाट सफलताको स्वाद पाउने सौभाग्य बिरलै कलाकारले पाउँछन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने अहिले त्यस्तै सौभाग्य मिलेको छ । तीन साताको अन्तरमा प्रदर्शनमा आएका उनका दुई वटै चलचित्...
तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ शुक्रवारबाट दोस्रो सातामा प्रवेश गरेको छ । निश्चल बस्नेत निर्देशित चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ ।&n...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...