२२ जेठ २०८३, शुक्रबार

९ दिनसम्म उभिएर धर्ना दिँदा ईः को स्वास्थ्य नाजुक, उभिनसमेत दुइवटा लौरोको सहायता

असोज १०, २०८०
काठमाडौं
९ दिनसम्म उभिएर धर्ना दिँदा ईः को स्वास्थ्य नाजुक, उभिनसमेत दुइवटा लौरोको सहायता

काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ईः को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । ९ दिनदेखि उभिइरहेका उनको खुट्टा सुन्निएको छ भने शरीरमा पनि खटिराहरू देखिएका छन् । 

null

उनलाई उभिन पनि दुइटा लौरोको सहायता चाहिने अवस्था आएको छ । यसअघि एउटा लौरो टेकेर उभिँदै आएका थिए । 

मंगलबार महानगर र ई: बीचको वार्ता निष्कर्षविहीन बनेको थियो । वार्तामा चार बुँदे समझदारी पत्रको ड्राफ्ट गरिए पनि महानगर प्रमुख बालेन शाहले ड्राफ्टमा उल्लेखित केही विषयमा असहमति जनाएपछि वार्ता निष्कर्षविहीन बनेको थियो । 

ई र उनका सहकर्मीहरूले फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न ८ दिनदेखि राष्ट्रिय सभागृहको मूल गेटमा उभिएर प्रदर्शन गर्दै आएका छन् ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्