०९ साउन २०८३, शनिबार

बागमती प्रदेश अधिवेशनः फारम वितरणको भाका सार्दै एमाले

असोज १०, २०८०
काठमाडौं
बागमती प्रदेश अधिवेशनः फारम वितरणको भाका सार्दै एमाले

राजधानीमा जारी पार्टीको बागमती प्रदेश अधिवेशनमा नेकपा (एमाले)ले उम्मेदवारी मनोनयनको फारम वितरणको भाका सार्दै गएको छ । अब दिउँसो ३ बजेपछि मात्रै फारम वितरण गर्ने सूचना जारी भएको छ ।

तर ३ बजेपछि पनि फारम वितरण गर्ने अवस्था नदेखिएको अधिवेशनमा सहभागी बताउँछन् ।

पदाधिकारी, सदस्य, जिल्लाका दाबेदारको ताँती भएपछि मिलाउन भन्दै अहिले विभिन्न समूह आन्तरिक छलफल जुटिरहेका छन् । ​बागमती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ ।

निर्वाचन कमिटीले बुधवार बिहान पार्टी केन्दीय कार्यालय च्यासलमा मतदाता नामावली प्रकाशन गर्नेदेखि उम्मेदवारी मनोनयलगायत कार्यक्रम सार्वजनिक गरेकाे हो ।

salt training

कमेन्ट गर्नुहोस्