
सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि दुईजनाले उम्मेदवारी मनोनयन फारम भरेका छन् ।
रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले प्रस्तावक र समर्थकसहित फारम भरेर मनोनयन दर्ताको तयारी गरेका हुन् ।
दाहालको प्रस्तावकमा हिक्मत लामा र समर्थकमा देवकृष्ण विकल छन् ।

ढुंगेललाई भने आनन्दकुमार श्रेष्ठले प्रस्ताव र वचन देउजाले समर्थन गरेका छन् ।

अध्यक्षबाहेकको पदमा सहमतिका लागि प्रयास भइरहेको नेताहरूले बताएका छन् ।
असोज ८ गते शुरू भएको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले बिहीवार मतदान गर्ने कार्यक्रम छ ।
यसअघि लुम्बिनी प्रदेश कमिटी पनि मतदान प्रक्रियाबाट चयन भएका थिए ।