
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा असोज ६ गतेदेखि ८ गतेसम्म भएको कार्यक्रम कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७९/२०८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जनाभन्दा बढी अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालभरिबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्वितीय र तृतीय हुने अभिकर्ताहरू, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग–अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
साथै सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग–अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरूलाई पनि सम्मान गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो फरक पहिचान बनाई एक प्रमुख कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताइन् ।