
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन् ।
यही असोज ८ गते सोमवार भएको ‘लक्की ड्र’मार्फत ७१९०६२१७२८७ क्यास आईडीका ग्राहक भोजपुरको रानिवास निवासी राईले नगद रु एक लाख जितेका हुन् ।
नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता ‘लक्की ड्र’मार्फत नगद रु एक लाख प्राप्त गर्नेछन् ।
साथै मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।
यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।
सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबूक पेज र इमेज टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।
यो अभियान असोज १ गतेबाट सीमित अवधिको लागि नेपालभर लागू हुने डिशहोमले जनाएको छ ।