×

कांग्रेसले नेतृत्व गर्न नपाउँदा संविधान कार्यान्वयनमा समस्या

कैलाली | असोज १०, २०८०

NTC
Premier Steels
Marvel

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिको पहिलो चार वर्षमा राज्य सञ्चालनको नेतृत्व कांग्रेसले नपाउँदा संविधान कार्यान्वयनसँग जोडिएका कानुन बन्न नसकेको बताएका छन् । 

yONNEX
Sagarmatha Cement

आज धनगढीमा आयोजित ‘संविधान कार्यान्वयन जनप्रतिनिधिको भूमिका’ विषयक अन्तक्र्रियामा उनले संविधान जारी भएपछि तीन वर्षभित्र संविधान कार्यान्वयनसँग जोडिएका सबै कानुन बनाइसक्ने कुरा उल्लेख गरिएको भए पनि सरकारको नेतृत्वकर्ता कम्युनिष्ट पार्टीले यस्ता कानुन बनाउन चासो नदिएको आरोप लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“संविधान जारी भएपछिको पहिलो कार्यकालमा कांग्रेसको नीति विचारअन्तर्गत राज्य सञ्चालन हुन नपाउँदा संविधानको वास्तविक कार्यान्वयन जनताको पक्षमा हुन सकेन”, संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका नेता सिटौलाले भने, “कम्युनिष्ट पार्टीको सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा सिङ्गो राज्य प्रणालीलाई ‘क्याप्चर’ गरेर पार्टी र कार्यकर्ताको पक्षमा काम गर्दा समस्या देखियो ।”


Advertisment

राज्य सञ्चालकबाट हुने कमीकमजोरीको दोष संविधानलाई दिन उचित नहुने उल्लेख गर्दै उनले संविधानबमोजिमका कुरा लागू हुन नसकेको हालको अवस्थामा यसको मूल्याङ्कन गर्ने बेला आइनसकेको बताए । उनले कांग्रेसले अब सदन र सडकबाट जनताका पक्षमा काम गर्नुपर्ने बेला आएको बताए ।
  
कार्यक्रममा कांगे्रसबाट निर्वाचित पालिका तह र प्रदेशसभा तहका जनप्रतिनिधिले संविधान कार्यान्वयका सवालमा देखिएका समस्यालगायतका विषयमा बोलेका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २३, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।​ बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...

मंसिर ३, २०८०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x