
रौतहट, ५ असोज - कटहरिया नगरपालिका ८ रौतहटमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच झडप भएको छ । उक्त झडपमा परेर एक जनाको मृत्यु भएको छ ।
झडपमा परेर स्थानीय ५० वर्षका रामपुरका राय यादवको ज्यान गएको रौतहट प्रहरीले जनायो ।
कांग्रेसका कार्यकर्ताहरुले यादवलाई कांग्रेसको भोज खाएर राजपालाई भोट हालेको भन्दै कुटपिट गरेका थिए । कांग्रेस कार्यकताहरुको लाठी प्रहारबाट गम्भीर घाइते भएका उनको निधन भएको हो ।
प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।