×

बेनी अस्पताल : श्यया थपियो, थपिएन जनशक्ति

म्याग्दी | असोज ११, २०८०

 म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । 

छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा अञ्जु थापाले बताइन् । “विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ श्यया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ”, उनले भनिन्, “म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।”


Advertisment

विसं २०७४ देखि सुरु भएको अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणले पूर्णताः नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोभ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । 


Advertisment

जनशक्ति अभावका कारण सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन सकेको छैन । एक्सरे, रेडियोग्राफर र युएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदननै नपरेको प्रमुख डा थापाको भनाइ छ । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् । 

प्रसूति रोग विशेषज्ञसमेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र बिदा बसेको समयमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ । अस्पतालले पछिल्लो एक वर्षयता मानसिक रोग, ज्येष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ । 

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । 
 

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x